नियम
सशस्त्र प्रहरी सेवामा रहने समूह तथा उपसमूह
: (१) सशस्त्र प्रहरी सेवामा देहाय बमोजिमका समूह रहनेछन् :–
(क)   साधारण समूह,
(ख)   प्राविधिक समूह ।
            (२) उपनियम (१) बमोजिमको समूहमा अनुसूची–१ बमोजिमका उपसमूह रहनेछन् ।